१५ चैत्र २०८०, बिहीबार
Follow Us

बिश्वको पर्यटकीय गन्तव्य सूचीमा अन्नपूर्ण पदयात्रा

नेपालब्रिटेन डट कम्
२ कार्तिक २०७७, आईतवार २०:०२

लण्डन । नेपालको अन्नपूर्ण सर्किट विश्वकै उत्कृष्ट पर्यटन गन्तव्यको १० औं स्थानमा परेको छ ।

लन्ली प्लानेटले आइतवार प्रकाशन गरेको अल्टिमेट ट्राभल्स लिस्टमा अन्नपूर्ण पदयात्रा बिश्वको पर्यटकीय गन्तव्य सूचीमा छानिएको हो ।

लन्ली प्लानेटका विशेषज्ञहरूको टोलीले सो नयाँ सूची सार्वजनिक गरिएको हो । नयाँ सूचिमा बिश्वै उत्कृष्ट गन्तव्यको पहिलो सूचिमा जोर्डनको पेट्रा परेको छ भने अन्य स्थानहरु इक्वाडर, अष्ट्रिेलिया, बोटस्वाना, अमेरिका, सोलोभाकिया, ब्राजिल, कम्बोडिया, बोलिभियामा रहेका छन् ।

यस्तै नेपालको अन्नपूर्ण सर्किटलाई १० औं स्थानमा सूचिकृत गरिएको छ । सिएनएनका अनुसार लन्ली प्लानेटले ५ सय भन्दा बढी विश्वका पर्यटकीय स्थलहरुबाट उत्कृष्ट पर्यटन स्थलको सूची प्रकाशन गरेको हो ।