१६ चैत्र २०८०, शुक्रबार
Follow Us

पूर्वराजासँग जोडिए कांग्रेस नेता खुमबहादुर खड्का

नेपालब्रिटेन डट कम्
५ पुष २०७३, मंगलवार ०५:४२

काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाबाट १३ औं महाअधिवेशनमा उपसभापति बनाउन तैयार छु भन्ने आश्वासन पाएका प्रभावशाली नेता खुमबहादुर खड्कालाई भारत मानेन भन्ने जवाफ दिएपछि खड्का केही सहयोगीका साथ कांग्रेस छाड्ने मनस्थितिमा पुगेका छन् । खड्का यतिबेला नेपाल हिन्दूराष्ट्र हुनैपर्छ भन्ने महाभियानमा छन् ।
खड्कालाई अन्य नेताहरुले साथ दिएका छन् । यही सन्दर्भमा खड्काले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट गरेका छन् र आफु हिन्दु राष्ट्र र राजसंस्था फर्काउने अभियान थालेको भन्दै साथ दिन आग्रह गरेको खबर भाइरल बनेको छ ।
यसअघि पूर्वराजाले भन्छन् भने राजसंस्था फर्काउन लाग्छु भनेका खड्का अब पुरै शक्तिका साथ कोपुण्डोलमा सम्पर्क कार्यालय स्थापना गरेर संघर्षको तैयारी गरिरहेका छन् । भनिन्छ, पूर्वराजासँगको भेटमा नेपाली काँग्रेस सनातन हिन्दुराष्ट्र अभियानले नेपाली काँग्रेसबाट आफू अलग हुने र वीपीमार्ग अपनाएर अघि बढ्ने जानकारी दिएका थिए । कुरो सुने पनि पूर्वराजा ज्ञानेन्द्र शाहले अभियानलाई शुभकामना दिए तर राजनीतिक प्रतिक्रिया नदिएको स्रोतले दावी गरेको छ । पूर्वराजासँग किन भेटेको भन्ने सवालमा खड्काको प्रतिक्रिया छ– सयौ नक्कली राजा जन्मेका बेला खास राजालाई भेट्न नहुने हो र ? यसमा केको आपत्ति ?
लक्ष्मण घिमिरे पनि खड्काका सहयोगी हुन् । सभापति देउवासँग असहमत उनले देश माओवादीमय भएको र नेपाली काँग्रेस पार्टी सामान्य निर्णयसमेत नगरी माओवादीकै एजेण्डाको वरिपरि घुमेको आरोप लगाएका छन् । अब हिन्दुराष्ट्र र राजतन्त्रका बिषयमा जनमत सग्रह नगरेसम्म मुलुकमा शान्ति र स्थायित्व नआउने घिमिरेको निष्कर्ष छ । सनातन हिन्दुराष्ट्र महाअभियान मार्फत राजसंस्था र हिन्दुराष्ट्र पुर्नस्थापना गर्ने अभियानमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य खुमबहादुर खड्काको नेतृत्वमा तारानाथ रानाभाट, चिरञ्जिवी वाग्ले, लक्ष्मण घिमिरे, डा. रामचन्द्र अधिकारी, कुमार रेग्मी, खेमराज सेढाई, लोकेश ढकाल, बनमन्त्री
शंकर भण्डारी आदि सक्रिय रहेका छन् ।