१५ बैशाख २०८१, शनिबार
Follow Us

मन्त्री गुरुङलाई सरकारको प्रवक्ताको जिम्मेवारी

नेपालब्रिटेन संवाददाता
३ कार्तिक २०७७, सोमबार ०९:०९

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ । मन्त्रिपरिषद्ले प्रवक्ताको जिम्मेवारी गुरुङलाई दिने निर्णय गरेको बालुवाटार स्रोतले जनाएको छ ।
गुरुङलाई प्रवक्ताको जिम्मेवारी सोमबारदेखि नै लागू हुने गरी दिने तयारी छ । यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सरकारको प्रवक्ता थिए । गुरुङ वर्तमान सरकारका चौथो प्रवक्ता हुन् । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट गुरुङलाई गएको असोज २८ मा सञ्चार मन्त्रालयको जिम्मेवारी दिएपछि प्रवक्ता समेत तोकिएका हुन् ।