१५ चैत्र २०८०, बिहीबार
Follow Us

सरकारको काम संक्रमितको संख्या गन्ने काम मात्रैः गगन

नेपालब्रिटेन संवाददाता
३ कार्तिक २०७७, सोमबार ०९:१६

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना संक्रमितको परीक्षण र उपचार खर्च राज्यले नव्यहोर्ने सरकारको पछिल्लो निर्णयको आलोचना गरेका छन् । पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले सरकारको निर्णयप्रति ब्यङ्ग्य गर्दै खुद्रा खुद्रामा निर्णय गर्नुभन्दा संक्रमितको संख्या गन्नु बाहेक सरकारले केही नगर्ने जानकारी गराइदिन आग्रह गरेका छन् ।

आज ट्विट गर्दै थापाले सरकार स्वयं संक्रमित भएर आइसोलेशनमा रहेकोले यस्तो निर्णय गरेको समेत उल्लेख गरेका छन् । थापा आफैं कोरोना संक्रमित भएर होम आइसोलेसनमा छन् ।

स्वास्थ्य मन्त्रालयले हिजो विपन्न र अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मीलगायत बाहेक अरूको परीक्षण र उपचार नगर्ने निर्णय गरेको थियो । कोरोना संक्रमितको परीक्षण तथा उपचारबाट सरकारले हात झिकेपछि चौतर्फी विरोध भइरहेको छ ।