१४ बैशाख २०८१, शुक्रबार
Follow Us

३७९० कोरोना संक्रमित थपिए, थप १८ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
३ कार्तिक २०७७, सोमबार ११:४२

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ। पछिल्लो २४ घण्टामा ३ हजार ७९० जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। ४० हजार ७७८ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १३ हजार ८५१ जना रहेका छन् भने २६ हजार ९२७ होम आइसोलेसनमा छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ४७० जना रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५ हजार ७४३ नमूनाको पीसीआर परीक्षण भएको छ। आइतबार २३ सय ३५ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ। आइसीयूमा २८२ र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट ७५७ जनाको मृत्यु भएको छ।

थप १८ जनाको मृत्यु
त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २३३५ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ ।

उपत्यकामा थपिए २३३८
काठमाडौं उपत्यकामा सोमबार थप २ हजार ३८८ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म उपत्यकामा कुल संक्रमितको संख्या ५७ हजार ७७२ पुगेको छ । सोमबार काठमाडौंमा मात्रै २ हजार ८ जना व्यक्तिमा संक्रमण पुष्टि भएको छ । यसैगरी भक्तपुरमा ९९ जना र ललितपुरमा २८१ जना संक्रमित थपिएका छन् ।