४ बैशाख २०८१, मंगलवार
Follow Us

वुल्भ्ससँग लिड्स युनाइटेड पराजित

नेपालब्रिटेन संवाददाता
४ कार्तिक २०७७, मंगलवार ०४:३०

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा वुल्भ्ससँग लिड्स युनाइटेड पराजित भएको छ । अवे मैदानमा भएको खेलमा वुल्भ्सले लिड्सलाई १–० ले पराजित गरेको हो ।

वुल्भ्सका लागि राउल जिमिनेजले ७० औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । किलम्यानको सहयोगमा जिमिनेजले गरेको गोल गरेका हुन् ।

जितपछि पाँच खेलबाट ९ अंक जोडेको वुल्भ्स ९ अंकसहित छैटौं स्थानमा पुगेको छ । सुरुका दुई खेल गुमाएको वुल्भ्सले पछिल्ला तीन खेलमा भने लगातार जित दर्ता गरेको छ । गए राति नै भएको अर्को खेलमा वेष्ट ब्रोम र बर्नलीले गोलरहित बराबरी खेलेका छन् ।