११ बैशाख २०८१, मंगलवार
Follow Us

कालिञ्चोकमा चोर र पुलिस !

नेपालब्रिटेन संवाददाता
४ कार्तिक २०७७, मंगलवार ०४:३३

कोरोना माहामारीले सुनसान रहेको दोलखाको धार्मिक तथा पर्यटकिय स्थल कलिन्चोकमा चलचित्र लगायत विभिन्न गीतको छायांकनका लागी कलाकारहरु कालिन्चोक पुगेका छ् । मनोरम रोलवालिङ हिम श्रृङ्खला सहितको प्राकृतिक दृष्यहरू देखिने भएकाले पर्यटकहरुको मात्र हैन चलचित्रकर्मीको रोजाइमा कालिञ्चोक पर्ने गरेको छ ।

दोलखाको कालिन्चोकम दर्जनौ चलचित्रकर्मीहरु हेलिकप्टर लिएर छायाँकनका लागि पुग्ने गरेका छन । कोरोना त्रासले पर्यटकीय गतिविधि ठप्प भएपछि चलचित्रको छायाँकन भने रोकिएको छैन । निर्देशक तथा कलाकार राजु लामा दोस्रो पटक आफ्नो निर्देशन तथा अभिनयमा बन्न लागेको ‘चोर र पुलिस’ को एउटा गीतको छायाङ्कन गर्न हेलिकप्टर नै लिएर कालिन्चोक पुगेका छन । प्राकृतिक सुन्दरता र मौसमले कालिन्चोक साँच्चै स्वर्ग जस्तै भएकाले सुटिङ गर्न आएको उनले बताए ।

आफ्नो निर्देशनमा बन्ने हरेक फिल्मको कुनै न कुनै दृश्य या गीत कालिन्चोकमा छायाङ्कन गर्ने गरेको लामाले बताए । उनले चोर र पुलिस’को शुभ मुर्हतनै कालिन्चोकमा नै गरेका थिए । चोर र पुलिस’ दोलखाको कालिन्चोकसँगै सिन्धुपाल्चोकसंगको सिमाना मुडे, सदरमुकाम चरिकोट लगायतका ठाउँमा छायाङ्कन भैरहेको छ ।

कालिन्चोकको सौन्दर्यताकै कारण पनि आफु कोरोनाको सङ्कटको बेलामा समेत हेलिकप्टर नै लिएर पुगेको निर्माण पक्षले जनाएको छ ।

चोर र पुलिस’को निर्माता रमेश खत्री, सङ्गीत विकास चौधरी र गायन सुरेश लामाको रहेको छ । नायक राजु लामा र नायिका कबिता राय रहेका छन । कोरोना संकटपछि लकडाउनकै अवधिमा समेत कालिन्चोकमा चार-पाँच वटा फिल्म र म्युजिक भिडियोको छायाङ्कन भएको स्थानीयले बताएका छन ।

कोरोनाका कारण ठप्प रहेको कालिञ्चोकको पर्यटन क्षेत्रमा चलचित्रको छायाँकनले केही मात्रामा भएपनि माथि उठन सहयोग गरेको छ । लकडाउन खुलेसँगै यातायात सुचारु भएपनि कालिञ्चोकमा चहलपहल भने खासै बढेको छैन । जाडो मौसममा हिउँ खेल्न आउने पर्यटकले भरिभराउ हुने कालिन्चोकको कुरिमा दुई सय भन्दा बढि होटल सन्चालनमा रहेका छन ।