७ बैशाख २०८१, शुक्रबार
Follow Us

बाइडेनले कोरोना भाइरस सामु आत्मसमर्पण गरे : ट्रम्प

नेपालब्रिटेन संवाददाता
४ कार्तिक २०७७, मंगलवार ०४:३५

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनले विज्ञान र विज्ञको कुरा सुन्ने भन्दै आलोचना गरेका छन् । नभाडामा आइतबार भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले बाइडेनले कोरोना भाइरस सामु आत्मसमर्पण गरेको बताएका हुन् ।

राष्ट्रपति ट्रम्पले आफुले पूर्ण रुपमा वैज्ञानिकको कुरा सुनेको भए देश डिप्रेशनको ठूलो समस्यामा पुग्ने स्थिती रहेको पनि उल्लेख गरेका छन । बाइडेनले बैज्ञानिकको कुरा सुनेर अमेरिकामा लकडाउन चाहेको आरोप ट्रम्पको छ ।

ट्रम्पले ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका विज्ञ डा. एन्थोनी फाउचीको पनि आलोचना गरे । फाउचीको कुरा सुनेको भए धरै व्यक्तिको ज्यान जाने उनको दावी छ ।

ट्रम्पले फाउचीसहितका विज्ञ तथा वैज्ञानिकहरुलाई ‘इडियट’ समेत भनेका छन् । चुनावी सभामा विज्ञ तथा विज्ञान र उनीहरुलाई सुन्नेको आलोचना तथा व्यंग्य गरेका ट्रम्पका अधिकांश समर्थकले मास्क समेत लगाएका थिएनन् ।

कोरोना महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ८२ लाख ८ हजार भन्दा धेरै संक्रमित भएका छन् । मृत्यु हुनेको संख्या दुई लाख २० हजार नाघेको छ । नोभेम्बर तीनमा हुने चुनावका लागि कोरोना भाइरसविरुद्धको प्रयास नै प्रमुख मुद्दा बनेको छ ।