१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेम थापा फानवरो र जीव बेल्वासेले अल्डरसटबाट कञ्जरभेटिभ पार्टीको उम्मेदवार बन्ने

नेपालब्रिटेन डट कम्
४ कार्तिक २०७७, मंगलवार १५:०४

लण्डन । नेपाली समुदायको बाक्लो बस्ती रहेको फानवरो र अल्डरसट क्षेत्रमा दुई जना गैर आवासीय नेपालीहरुले आगामी स्थानिय निर्वाचनमा उम्मेदवार बन्ने भएका छन् ।

आउँदो मे महिनामा हुने निर्वाचनको लागि फानवरो क्षेत्रमा नेम थापा र रश्मोर बरो काउन्सिलको वेलिङटन वडामा जीव बेल्वासे उम्मेदवार बन्ने भएका हुन् ।

बेलायतको सत्तारुढ दल कञ्जरभेटिभ पार्टीले आफु र थापालाई फानवरो क्षेत्रबाट उम्मेवार बनाएको जानकारी बेलवासेले नेपालब्रिटेन डट कमलाई जानकारी दिए ।

थापा मगर संघ यूकेको निवर्तमान अध्यक्ष र ग्रेटर रश्मोर नेपाली कम्युनिटीका उपाध्यक्ष समेत हुन् ।

दुबै उम्मेदवारले छनोटका लागि पार्टीको आन्तरिक प्रक्रिया पुरा गरेका छन् । पार्टीले औपचारिक रुपमा उम्मेदवारको घोषणा गर्न बाँकी रहेको बताएको छ ।

बेल्वासे नेपालब्रिटेन डट कमको चर्चित व्यक्तित्वमा परेर मिडिया प्रसनालिटी अफ दी यरले सम्मानित भैसकेका छन् । यस्तै उनले बीबीसी कम्युनिटी हिरो अवार्ड, ह्याम्पशायर हाई सेरिफ अवार्ड जस्ता प्रतिष्ठित सम्मान पनि प्राप्त गरेका छन ।

अल्डरशट क्षेत्रका नेपाली तथा बेलायती समुदायतबीच लोकप्रिय बेल्वासे ग्रेटर रश्मोर नेपाली कम्युनिटीका पूर्व अध्यक्ष हुन । यस्तै उनले गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको प्रवक्ताको जिम्मेवारी समेत सफलता पूर्वक पुरा गरेका छन् ।