१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नागरिकता र सम्पत्ती सुरक्षा बारे एनआरएनए युकेले अन्तरक्रिया कार्यक्रम गर्दै

नेपालब्रिटेन डट कम्
४ कार्तिक २०७७, मंगलवार १५:२५

लण्डन । नागरीकताको निरन्तरता र नेपालमा रहेको सम्पत्तीको सुरक्षाका बारे गैरआवासीय नेपाली संघ युकेले विषेश अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न भएको छ ।

बिगत लामो समय देखी हामी र भावी पुस्तालाई समेत परोक्ष असर पर्ने नेपाली नागरीकताको निरन्तरता र नेपालमा रहेको सम्पत्तीको सुरक्षाको लागी संघले अन्तरक्रिया कार्यक्रमका आयोजना गर्न लागको जनाएको छ ।

संघका महासचिव फडिन्द्र भट्टराईका अनुसार शनिवार दिउँसो २ बजे जुम मार्फत आयोजना हुने कार्यक्रममा निर्वाचित संघिय सांसद माननीय कृष्णभक्त पोख्रेलको प्रमुख प्रस्तुती रहने छ ।

संघले पूर्ब गोर्खाजहरुको समानताको लडाईमा पूर्ण ऐक्यबद्धता सहित सहकार्य गर्ने नीति लिएको जनाएको छ । कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष सोनाम लामा, महासचिव डा. हेम राज शर्मा, एनआरएनए भूपु गोर्खा समितिका संयोजक चन्द्र गुरुगं लगायतले आआफ्ना धारणाहरु राख्ने भएका छन् ।