१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपाली जनसम्पर्क युरोपको बैठक सम्पन्न, दोस्रो महाधिवेशनको तयारी

नेपालब्रिटेन डट कम्
४ कार्तिक २०७७, मंगलवार १६:१५

लण्डन । नेपाल कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समिति युरोपको बैठक सम्पन्न भएको छ ।

समितिका सभापति तथा नेपाली काँग्रेस जनसम्पर्क बिभागका सदस्य दिल बहादुर गुरुङको सभापतित्वमा सम्पन्न बैठकले आगामी दोस्रो महाधिबेशनको कार्यबिधी र बिभिन्न उपसमिती निर्माण गर्ने निर्णय गरेको महामन्त्री गंगाधार गौतमले जानकारी दिए ।

सभापति दिल बहादुर गुरुङले समितिको दोस्रो अधिबेशन सम्पन्न गरि युबाहरुलाई नेतृत्व हस्तान्तरण गर्न रहेको बताए । उनले नयाँ नेतृत्व लिन युवाहरुलाई तयारी गर्न आग्रह गर्दै सहयोगको लागि अपिल गरेका थिए ।

जुम भर्चुअल बैठकमा नेपाली काँग्रेसका केन्द्रिय आमन्त्रीत सदस्य एबं नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिस्ट, नेपाली कांग्रेसका केन्द्रिय आमन्त्रीत सदस्य बालकृष्ण पाण्डे, नेपाली जनसम्पर्क समन्वय बिभागका सदस्य जगत बराम, जनसम्पर्क बिभागका केन्द्रिय सदस्य एबं जनसम्पर्क समिति कतारका सँस्थापक सभापति नरेन्द्र भाट ,नेपाली काँग्रेस सुचना तथा संचार बिभागका केन्द्रिय सदस्य एवंम जनसंपर्क समिति कतारका पुर्ब सभापति बिमल सुबेदी,नेपाली कांग्रेस सूचना तथा संचार बिभाग सदस्य एबं महासमिति सदस्य चिज कुमार तामांग, कांग्रेस सुचना तथा संचार बिभाग सदस्य एवम जनसंपर्क समिति जापानका पूर्ब सभापति नारायण सुबेदी,नेपाली कांग्रेस केन्द्रिय तरुण बिभाग सदस्य रामजीबि पन्त, जनसम्पर्क बिभाग केन्द्रिय सदस्य एबं जनसंपर्क समिती कोरियाका पूर्ब सभापति गिरिराज कुवर,जनसंपर्क बिभागका केन्द्रिय सदस्य भरत अर्याल अमेरिका,जनसंपर्क बिभागका केन्द्रिय सदस्य सुरज नायक अमेरिका लगायतका बक्ताहरुले शुभकामना मन्तब्य राखेका थिए।

बैठकमा बोल्ने नेपाली जनसम्पर्क समितिका सभापतिहरुले यूरोप जनसंपर्क समितिले खेलेको महत्वपुर्ण भूमिकाको प्रशंसा गर्दै आगामी ६ महिनाभित्र युरोप महादेश भित्रका सबै जनसम्पर्क समितिहरुमा कृयाशिल सदस्यता वितरण, नयाँ अधिबेशन र गठन हुन् बाँकी देशहरुमा नयाँ समितिहरुको गठन गरि सँस्थाको दोस्रो अधिवेशन आयोजना गर्न सुझाब दिएका थिए।

नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युबराज गुरुङ, नेपाली जनसम्पर्क समिति पोर्तुगलका सभापति बिनोद घिमिरे, नेपाली जनसम्पर्क समिती जर्मनीका सभापति शिखर खड्का, नेपाली जनसंपर्क समिती नेदरल्याण्डका सभापति प्रेमजंग गुरुङ, नेपाली जनसम्पर्क समिति डेनमार्कका सभापति बिरेन्द्र सिङ कार्की, नेपाली जनसम्पर्क समिती साइप्रसका सभापति सीता अर्याल, नेपाली जनसम्पर्क समिति स्पेनका सभापति इन्द्र शर्मा, नेपाली जनसम्पर्क समिति नर्बेका सभापति जितेन्द्र शाही, नेपाली जनसम्पर्क समिति पोल्याण्डका सभापति एलिनी सुबेदी,नेपाली जनसम्पर्क समिति स्विडेनका सभापति नबिन थपलिया,नेपाली जनसम्पर्क समिति फ्रान्सका सभापति सुधिर राना,नेपाली जनसम्पर्क समिति आएल्र्यांण्डका सभापति सुक्र राज न्यौपाने,नेपाली जनसम्पर्क समिति बेल्जियमका सह)सम्योजक सुभास गुरुङ, नेपाली जनसंपर्क समिती इजरायलका बरिस्ठ उपसभापति दिपिका भुसाल,नेपाली जनसम्पर्क समिती इटलीका कार्यबाहक सभापति राजन चापागाई, जनसम्पर्क समिती लक्सजम्बर्गका महामन्त्री बालहरि राई, नेपाली जनसम्पर्क समिति एब नेपाली डायस्पोरा एनआरएनएमा महत्वपुर्ण भुमिका निर्वाह गर्नु हुनेहरु नेपाली काँग्रेसका नेत्री एब जनसम्पर्क समिति बेल्जियमका पुर्ब संरक्षक,महाधिबेशन प्रतिनीधी, पुर्ब एनआरएनए केन्द्रिय सचिब जानकी गुरुङ, एनआरएनए पूर्ब सल्लाहकार एवंम नेपाली काँग्रेसका महाधिबेशन प्रतिनीधि एवंम जनसम्पर्क समिति नेदरल्याण्डका सल्लाहकार शशी पौडेल, एनआरएनए बेलायतका पूर्व अध्यक्ष योगेन्द्र क्षेत्री, एनआरएनए केन्द्रिय सल्लाहकार एवंम जनसम्पर्क समितिका नेता माल्टाबाट सोम सापकोटाले सँस्थाको सँस्थागत विकास र आगामी अधिबेशनको बारेमा धारणा राख्नु भएको थियो।

नेपाली जनसम्पर्क समितिका बिभिन्न देशबाट पुर्ब सभापतिहरुले धारणा राख्नु भएको थियो जसमा नेपाली जनसम्पर्क समिति स्पेनका पुर्व सभापति एकराज गिरी,जनसम्पर्क समिति स्विसका पुर्ब सभापति राम महतो, जनसम्पर्क समिति स्पेनका पुर्ब सभापति सालिक राम डुम्रे, जनसंपर्क समिती डेनमार्कका सस्थापक सभापति नबिन पौडेल,जनसम्पर्क पोर्तुगलका पुर्व सभापति लक्ष्मी प्रसाद सापकोटा,जनसम्पर्क समिति जर्मनीका पूर्ब सभापति शरण के सी, जनसम्पर्क समिति नेदरल्याण्डका पुर्ब सभापति पदम क्षेत्री (रामचन्द्र) जनसंपर्क समिति नर्बेका पूर्ब सभापति प्रबिन शाही (जिबन)लगायतका बक्ताहरुले सस्थाको एकता र अपरिहार्यता माथी प्रकास पार्दै अनुसासीत संगठन निर्माणमा जोड दिनु भएको थियो।

बिभिन्न देशबाट प्रतिनीधित्व गर्नुहुने सस्थाका पदाधीकारी एवंम पार्टीका महाधिबेशन प्रतिनीधीहरुमा बेल्जियमबाट उल्का घिमिरे,देबेन्द्र शर्मा (देबु), झलक के। सी।कमल सिटौला,पदम गुरुङ, बाबुराजा लामा, सुदर्शन सिंखडा, माधब सापकोटा,इजरायलबाट अनु थापा,साइप्रसबाट पुस्प मिस्र,नेदरल्याण्डबाट सालिक राम गौतम,बेदरांम कँडेल,फ्रान्सबाट निर्मल अर्याल,कमल बिक्रम के सी, बेलायतबाट सुभास चन्द्र पोखरेल,डेनमार्कबाट शैलेन्द्र अधिकारी,तिलक भट्ट, पोर्तुगलबाट जय राम सापकोटा, स्पेनबाट भोला लमिछाने, बेलायतबाट चिरन शर्मा,आएल्र्यांण्ड बाट शागर लामा,शंकर डाँगी जर्मनी लगायतको सहभागिता र धारणा आएको सो भर्चुअल बैठकका सम्पुर्ण बिषयहरुको लिखित टिपोट तयार गरिएको थियो।

जनसम्पर्क समन्वय समिति युरोपका उपसभापति एबं जनसम्पर्क समिती स्पेनका पुर्ब सभापति पुस्प राज भन्डारी, सहमहामन्त्री एबं नेपाली जनसम्पर्क समिति डेनमार्कका पुर्ब सभापति त्रिलोचन सापकोटाले संयुक्त रुपमा सबैका बिषय बस्तु लाई बुदागत टिपोट गर्दै आफ्नो धारणा राख्नु भएको थियो।

कार्यक्रमको अन्तमा लामो समय सम्म छलफलर बैठकमा सहभागी सम्पुर्ण उपस्थित महानुभाबहरुलाई धन्यबाद ब्यक्त गर्दै बरिस्ठ उपसभापति एबं जनसंपर्क समिती पोर्तुगलका सस्थापक सभापति पूर्ण हमालले नेपाली काँग्रेस केन्द्रिय कार्यालयको अनुमति पस्चात एक दिन पनि ढिलो नगरी हाम्रो दोस्रो अधिबेशन हुने बिचार ब्यक्त गर्दै सबै युरोप भरका कांग्रेस मित्रहरुलाइ सस्थामा आबद्ध भै एकिकृत रुपमा अगाडि बढ्नु अहिलेको प्रमुख आवस्यकता बताउनुभयो।

बैठको अन्त्यमा अधिबेशन आयोजनाका लागि ५ समिती निर्माणको प्रस्ताब गर्दै आगामी आइतबार युरोप महादेश भित्रका सभापतिहरु र वर्तमान कार्यसमितिको संयूक्त बैठकबाट निर्णय गरेर अगाडि बढ्ने घोषणा गरेको छ ।

झन्डै ६ घण्टा चलेको संचालन महामन्त्री गंगाधार गौतमले गरेका थिए भने उपसभापति बिनोद मोक्तनले स्वागत मन्तब्य दिएका थिए ।

बैठकका निर्णयहरु

१) नेपाली जनसम्पर्क समन्वय समिति युरोपको दोस्रो अधिबेशनको मिती स्थान र समय तय गर्दै ब्यबस्थापन समिती गठन गर्ने।

२) नेपाली काँग्रेस केन्द्रिय समिती र नेपाली कांग्रेस जनसम्पर्क समन्वय बिभाग संग समन्यवका लागी समन्वय समिति गठन गर्ने।

३) दोस्रो अधिबेशन संपन्न गर्न निर्बाचन समिती गठन गर्ने।

४) नेपाली जनसंपर्क समिति यूरोपले बिधान समितिका संयोजक नारायण प्रसाद आचार्यको संयोजकत्वमा गठित बिधान समितिले तयार पारेको बिधान पास गरि केन्द्रिय कार्यालयमा बुझाइएको सन्धर्भमा पार्टिको पछिल्लो संसोधित बिधान बमोजिम संसोधन गर्न बिधान समिती गठन गर्ने।

५) दोस्रो अधिबेशनको आयोजना,युरोपेली मुलुकका जनसंपर्क समितिहरुको एकरुपता र यूरोप जनसम्पर्क समितिको बैधानिक मान्यताका लागी युरोपेली जनसंपर्क समितिका सभापतिहरु संग परामर्स गर्न समन्वय समिती गठन गर्ने।