१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कोरोनाको संक्रमण बढे पछि बेलायतका कन्डमको बिक्री बढ्यो

नेपालब्रिटेन डट कम्
४ कार्तिक २०७७, मंगलवार २०:२२

लण्डन । बेलायती एक कन्डम उत्पादन गर्ने कम्पनीले कोरोना संक्रमण पछि आफ्नो व्यवसायमा उल्लेख्य बृद्धि भएको दावी गरेको छ ।
सामाजिक दूरीका नियमहरु लागु भए पछि यौनजन्य उत्पादनमा बृद्धि भएको कम्पनीले जनाएको छ ।

कम्पनीले यौनजन्य समाग्रीमा गत वर्षमा भन्दा १२ दशमलव ६ प्रतिशतले बृद्धि भएको जनाएको छ ।

बेलायतको एक लोकप्रिय कन्डम कम्पनी डियुरेक्सले गत तीन महिनामा १३ प्रतिशतले बिक्रीमा बृद्धि भएको जनाएको छ। कम्पनीले यो बर्ष मात्र साडे ३ बिलियन पाउण्ड कन्डम ब्रिकी गरेको थियो ।