१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक

नेपालब्रिटेन संवाददाता
५ कार्तिक २०७७, बुधबार ०६:५३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आगामी मंसिर १२ गते निर्वाचन गर्ने गरी महासंघले कार्यतालिका सार्वजनिक गरेको हो ।

गत चैतमै हुनुपर्ने निर्वाचनको मिति कोरोना भाइरसका कारण सारिँदै आएको छ । महासंघको ५४ औँ वार्षिक साधारणसभा मंसिर ११ र १२ गते तोकिएको छ । साधारणसभाको अन्तिम दिन अर्थात १२ गते निर्वाचन हुने महासंघले जानकारी दिएको छ ।

नयाँ कार्यतालिका अनुसार निर्वाचनका लागि तीन ठाउँमा मतदान गर्ने व्यवस्था मिलाइनेछ । जसअनुसार महासंघको कार्यालय टेकु, कार्की व्याङकेट बबरमहल र प्रज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचनका कार्यक्रम हरू गर्ने सूचनामा भनिएको छ ।

कोभिड १९ र सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्दै भिन्दा भिन्न भिन्न ठाउँमा निर्वाचनका कार्यक्रम तय गरिएको महासंघले जनाएको छ ।