१६ चैत्र २०८०, शुक्रबार
Follow Us

विप्लवद्वारा सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा

नेपालब्रिटेन संवाददाता
५ कार्तिक २०७७, बुधबार ०६:५६

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । विप्लवले बुधबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै सरकार विरुद्ध पाँच दिने संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।

सरकारले कोरोनाको परीक्षणमा पनि शुल्क लिने निर्णय गरेर जनताको स्वास्थ्यमा खेलवाड गरेको आरोप विप्लवले लगाएका छन् । सत्ताको आडमा भ्रष्टाचार गरेको भन्दै विप्लवले यही कात्तिक १५ गतेदेखि २० गतेसम्म सञ्चालन गर्नेगरी संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

विप्लवले आम नागरिकलाई निःशुल्क स्वास्थ्य जाँच र उपचारको व्यवस्था गरिनुपर्ने, कोरोना महामारीको नाममा भ्रष्टाचार र व्यापारिकरण बन्द गरिनुपर्ने र भ्रष्टाचारीलाई कारबाही गरिनुपर्ने माग अघि सारेका छन् ।