१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपाली दूतावासको कार्यक्रममा बेलायती महारानी सरिक हुने

नेपालब्रिटेन डट कम्
५ पुष २०७३, मंगलवार ०९:०९

चिरन शर्मा । लन्डन । नेपाली दूतावास लन्डनले आयोजना गर्ने एक कार्यक्रममा बेलायती महारानी सहभागी हुने भएकी छन् । लन्डनस्थित नेपाली दूतावासले आगामी मार्च महिनाको पहिलो साता दूतावास भवनमा आयोजना गर्ने कार्यक्रममा महारानी सहभागी हुने भएकी हुन् ।

नेपाल बेलायत सम्बन्धको दुई सय वर्ष गाँठको समापन समारोहमा महारानी सहभागी हुने बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले जानकारी दिए ।

सोमबार तमु पेलु संघ युकेद्वारा लण्डनमा आयोजित कार्यक्रममा बोल्दै सुवेदीले ओहदाको प्रमाणपत्र बुझाउनेक्रममा बेलायती महारानीलाई सो समारोहमा सरिक हुन आग्रह गरेको बताए । उनले भने, ‘मैले महारानीलाई ब्यक्तिगत रुपमा नेपाल बेलायत सम्बन्धको २ बर्ष गाँठको समारोहमा सहभागी हुन आग्रह गरेको छु । त्यो समारोहमा महारानीको उपस्थिती रहन्छ ।’

उनले कुनै कारणले महारानी अनुपस्थिति रहेमा महारानीको तर्फबाट राजपरिवारको उच्च सदस्यको सहभागिता रहने जानकारी दिए । डा. सुवेदीले सो समारोहलाई सफल पार्न बेलायतस्थित नेपाली समुदायको सहयोग, सद्भावना र साथको अपेक्षा आफूले राखेको बताए ।
15622380_10210445736874702_6103928870946000331_n