८ बैशाख २०८१, शनिबार
Follow Us

प्रदेश २ मा कोरोना संक्रमितको निशुल्क उपचार हुने

नेपालब्रिटेन संवाददाता
५ कार्तिक २०७७, बुधबार ११:१४

वीरगन्ज । संघीय सरकारले कोरोना संक्रमितको उपचार सरकारले नगर्ने, सम्बन्धित व्यक्ति स्वयंम्ले खर्च व्यहोर्नुपर्ने बताइरहदा प्रदेश २ सरकारले भने कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने बताएको छ । संविधानले प्रदत्त गरेको नागरिकको निःशुल्क उपचार र सर्वोच्चको निर्णयको पालना गर्दै कोरोना परीक्षणदेखि उपचारमा लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारले नै व्यहोर्ने प्रदेश २ का सामाजिक विकासमन्त्री नवल किशोर साहले बताए।

प्रदेश २ सरकारले कुनै प्रकारको शुल्क नलिनका लागि प्रयोगशाला तथा कोरोनाको उपचार गर्ने अस्पताललाई निर्देशन दिएको भन्दै प्रदेशका बिभिन्न अस्पतालमा अहिले आठ वटा पिसिआर मेसिनमार्फत् निःशुल्क परीक्षण गर्ने काम भइरहेको मन्त्री साहले बताए ।

प्रदेश २ को प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम, नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज, गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज, रौतहटको गौर अस्पताल, महोत्तरीको बर्दिवास अस्पतालमा निःशुल्क परीक्षण गर्ने काम भइरहेको छ।