२६ बैशाख २०८१, बुधबार
Follow Us

कुँवरलाई एनआरएनको बधाई

नेपालब्रिटेन संवाददाता
६ कार्तिक २०७७, बिहीबार ०५:४४

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त बोर्ड सदस्य एकेन्द्र कुँवरलाई गैरआवसीय नेपाली संघ (एनआरएनए) खेलकुद प्रतिष्ठानले बुधबार बधाई दिएको छ । प्रतिष्ठानका सल्लाहकार कुँवरलाई राखेपको बोर्ड सदस्यमा नियुक्त भएकोमा बधाई दिइएको हो ।

एनआरएनए सचिवालयका प्रमुख कार्यकारी अधिकृत राजेश राणा, प्रतिष्ठानका प्राविधिक निर्देशक स्वयंभूराज डंगोललगायतले कुँवरलाई बधाइपत्र प्रदान गर्दै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिए ।

असोज २९ गतेको मन्त्रिपरिषद् बैठकले कुँवरसहित ९ जनालाई सदस्यमा मनोनित गरेको थियो । कुँवर अघिल्लो कार्यकालमा पनि राखेप सदस्य थिए ।