१३ बैशाख २०८१, बिहीबार
Follow Us

कोरोना संक्रमणबाट नेपालमा थप ३ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
६ कार्तिक २०७७, बिहीबार ०५:५०

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट नेपालमा थप ३ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट रुपन्देही, अर्घाखाँची र चितवनमा एक-एक जनाको मृत्यु भएको हो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ८१ वर्षीय पुरुष र अर्घाखाँचीको पधेरीका ३८ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा गएराति मृत्यु भएको हो ।

कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका तिलोत्तमाका पुरुषको राति १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै असोज २२ गते कोरोना पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका अर्घाखाँचीका पुरुषको बुधबार राति साढे ९ बजे मृत्यु भएको हो ।

त्यस्तै चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक जना गर्भवतीको मृत्यु भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका घर भई हाल मकवानपुरको हेटौंडा–५ बस्ने ३३ वर्षीया महिलाको बिहीवार बिहान उपचारको क्रममा मृत्युु भएको हो । उनको अवस्था जटिल भएपछि बुधबार भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।