७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रधानमन्‍त्री निवासमा दसैंको टीका नहुने

नेपालब्रिटेन संवाददाता
७ कार्तिक २०७७, शुक्रबार १२:१३

काठमाडौँ । यस वर्ष प्रधानमन्त्री निवासमा दसैंको टीका नहुने भएको छ । विगतका वर्षमा नेता कार्यकर्ता, शुभेच्छुक र इच्छुक आम नागरिक प्रधानमन्त्री निवास पुगेर दसैंको टीका ग्रहण गरेर फर्किने गरेका थिए। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) संक्रमणको खतरा रहेको भन्दै प्रधानमन्त्री ओलीले दसैंको टीका कार्यक्रम नराख्न निर्देशन दिएका हुन् । शुक्रबार देसवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो वर्ष निवासमा दसैंको टीका कार्यक्रम नराख्न निर्देशन दिएको जानकारी दिएका हुन् ।