१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सेनाको राष्ट्रवादी भिडियो सार्वजानिक (भिडियोसहित)

नेपालब्रिटेन डट कम्
७ कार्तिक २०७७, शुक्रबार २०:२१

काठमाडौं । नेपाली सेनाले म देश हुं भन्दै भारतद्वार अतिक्रमित नेपाली भूमिलाई हाइलाइट गर्दै एउटा नयां भिडियो सार्वजानिक गरेको छ ।

संयोग पनि कस्तो परेको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीको दशैंको शुभकामना सन्देशमा नेपालको संशोधित नक्सा नराखिएको विवाद आएकै सन्दर्भमा सेनाको यो भिडियो सार्वजानिक भएको हो । भारतीय गुप्तचर संस्थाका रअका प्रमुख सामन्तकुमार गोयललाई भेटेलगत्तै जारी प्रधानमन्त्री ओलीको बडा दशैंको शुभकामना सन्देशमा प्रयोग भएको निशान छापमा भारतद्वारा अतिक्रमित नेपाली भूमिको चुच्चो देखिएको छैन ।

सोही दिन सेनाले जारी गरेको दुईमिनेट ४ सेकेण्डको भिडियोमा भने त्यही भूमि रक्षाका लागि सेनाले प्रतिबद्धता जाहेर गरेको उल्लेख छ ।