१४ बैशाख २०८१, शुक्रबार
Follow Us

दशैंमा कस्तो खसी–बोका किन्ने ? (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
७ कार्तिक २०७७, शुक्रबार २०:३१

काठमाडौं। दशैं त आउनै लाग्यो, कस्तो खसी–बोका किन्दै हुनुहुन्छ ? सिङमा रातो लगाएको कि हरियो लगाएको ? किन्ने नै भए सिङमा हरियो लगाएको किन्नुस् है। किनकि काठमाडौं महानगरपालिका (कामपा) ले यस्तै खसी–बोका किन्न आग्रह गरेको छ। चाडबाडको मुखमा बिरामी खसी–बोका बिक्री हुन सक्ने आशंका गर्दै कामपाले यसको परीक्षण शुरू गर्ने योजना बनाएकाले सिङमा हरियो लगाएको खसी–बोका स्वस्थ हुने हुँदा यस्तै किन्न अनुरोध गरेको हो।

कामपा कृषि विभाग प्रमुख हरि भण्डारीका अनुसार कृषि मन्त्रालय, पशु चिकित्सक, महानगरपालिका प्रहरी, नेपाल प्रहरीसहितका सरोकारवाला निकायको सहयोगमा घटस्थापनादेखि नवमीसम्म टुकुचा, कलंकी, तीनकुने, बालाजुलगायतका बिक्रीस्थलमा परीक्षण गरिनेछ।