८ बैशाख २०८१, शनिबार
Follow Us

लिड्स युनाईटेडद्वारा एस्टन भिल्ला पराजित

नेपालब्रिटेन संवाददाता
८ कार्तिक २०७७, शनिबार ०७:४४

लन्डन । इंङ्गलिस प्रिमियर लिग फुटबलमा लिड्स युनइटेडले सानदार जित निकालेपछि एस्टन भिल्लाको विजय यात्रा टुंगिएको छ । हिजो राति घरेलु मैदानमा भएको खेलमा लिड्सले एस्टन भिल्लालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

एस्टनको मैदानमा लिड्सलाई जित दिलाउन प्याट्रिक बामफोर्डले ह्याट्रिक गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा बामफोर्ड चम्किए । खेलको ५५ औं मिनेटमा बामफोर्डले गोल गर्दै टोलीलाई अग्रता दिलाए । ६७ औं मिनेटमा बामफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दा लिड्सको अग्रता २–० को बन्यो ।

त्यसपछि खेलको ७४ औं मिनेटमा बामफोर्डले ह्याट्रिक पूरा गर्दै लिड्सलाई ३–० को सानदार जित दिलाए । बामफोर्डको यो प्रिमियर लिगमा पहिलो ह्याट्रिक हो । यससँगै उनले प्रिमियर लिगमा आफ्नो गोल संख्या ६ पुर्‍याएका छन् । जितसँगै लिड्स तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

तेस्रो जित निकालेको लिड्सले ६ खेलमा १० अंक जोडेको छ । लिड्ससँगको हारसँगै एस्टनको भने अपराजित यात्रामा पूर्णविराम लागेको छ । अघिल्ला खेलमा अपराजित एस्टनले ५ खेलमा १२ अंक जोडेको छ ।