१२ बैशाख २०८१, बुधबार
Follow Us

शनिबार २२२५ नयाँ संक्रमित थपिए, २८४६ जना संक्रमणमुक्त

नेपालब्रिटेन संवाददाता
८ कार्तिक २०७७, शनिबार ११:५८

काठमाडौं । पछिल्लो २४ घन्टामा २ हजार २ सय २५ जना नयाँ संक्रमित फेला परेका छन् । १३ हजार ८ सय ४६ जनामा पीसीआर टेस्ट गर्दा उक्त संख्यामा नयाँ संक्रमित फेला परेका हुन् । संक्रमितमध्ये ७ सय ७९ जना महिला र १ हजार ४ सय ४६ जना पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार संक्रमितमध्ये सबैभन्दा धेरै १ हजार २ सय १७ जना बागमति प्रदेशको रहेका छन् । प्रदेश–१ मा २ सय २२, प्रदेश–२ मा ८४, गण्डकी प्रदेशमा १ सय ४५, लुम्बिनी प्रदेशमा ३ सय ७५ जना, कर्णाली प्रदेशमा ४२ जना र सुदूरपश्चिम प्रदेशमा १ सय ४२ जना नयाँ संक्रमित फेला परेका हुन् ।

शनिबार संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ । २ हजार ८४६ जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म निकोहुनेको कुल संख्या १ लाख ८ हजार ३३४ पुगेको छ । पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । यसँसँगै हालसम्म मृत्यु हुनेको संख्या ८४२ पुगेको छ । काठमाडौं उपत्यकामा शनिबार १ हजार १ सय १० जना नयाँ संक्रमित फेला परेका छन् । त्यसमध्ये ४ सय २९ जना महिला र ६ सय ८१ पुरुष रहेका छन् ।