February 27, 2021
3:37 PM | 9:22 PM
खेल

लेस्टर सिटीसँग आर्सनल पराजित

  26/10/2020 मा प्रकाशित

लन्डन । इङ्गलिस प्रिमियर लिगमा आसर्नलले लगातार दोस्रो हार ब्यहोरेको छ । गएराति भएको खेलमा आर्सनल लेस्टर सिटीसँग एक शुन्यले पराजित भयो । जितसँगै लेस्टर लिगको शिर्ष चारमा उक्लिएको छ । घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा लेस्टरको जितमा एकमात्र गोल जिमी भार्डीले गरे ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ८१ औं मिनेटमा उनले गोल गर्दै टिमलाई अग्रता दिलाए । यता घरेलु मैदानमा आर्सनलले पुरै खेलमा तीन वटा उत्कृष्ट मौका पाएका थियो । जसमा दुई पटक पिएरी अबामयाङ चुक्न पुगे । यो जितपछि लेस्टरले ६ खेलमा १२ अंक बनाएको छ । आर्सनलको भने नौ अंक छ । पछिल्ला पाँच खेलमा आर्सनलको यो दोस्रो हार हो ।

यतिमात्र होइन उसले प्रिमियर लिगमा लगातार दोस्रो हार ब्यहोरेको छ । उसले अघिल्लो खेलमा म्यानचेस्टर सिटीसँग एक शुन्यको हार ब्यहोरेको थियो । गएरातिकै अर्को खेलमा शीर्ष स्थानको एभर्टन पराजित भएको छ । १० खेलाडीमा सिमित एभर्टन साउथह्याम्पटनसँग २–० गोल अन्तरले पराजित भएको हो ।

साउथह्याम्पटनलाई जित दिलाउन जेम्स वार्ड र चे एडम्सले एक एक गोल गरे । घरेलु मैदानमा खेलको २७ औं मिनेटमा जेम्सले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३५ औं मिनेटमा एडम्सले गोल गर्दै साउथह्याम्पटनलाई २–० को जित दिलाए ।

प्रतिक्रिया