७ बैशाख २०८१, शुक्रबार
Follow Us

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

नेपालब्रिटेन संवाददाता
१० कार्तिक २०७७, सोमबार ०३:०६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण पुष्टि भएपश्चात गत असोज ३० गते उनी ओम अस्पताल भर्ना भएका थिए । थापाको स्वास्थ्यमा उल्लेख सुधार भएपछि अस्पतालले उनलाई हिजो आइतबार डिस्चार्ज गरेको राप्रपा केन्द्रीय सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।

उनलाई टाउको दुख्ने, ज्वोरो आउने र श्वासप्रस्वासमा केही असहज महसुस भएपछि ओम अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । डिस्चार्ज पश्चात थापाले उपचारमा संलग्न चिकित्सक, नर्स सहित सबै स्वास्थकर्मी, अस्पताल संचालक र अस्पताल ब्यबस्थापन समिती कर्मचारी सबैमा धन्यवाद ब्यक्त गरेका छन् ।

थापाको उपचारमा यस अस्पतालका मेडिकल डाइरेक्टर समेत रहनुभएका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोईराला, सिनियर कनस्ल्ट्यान्ट पन्मनोलोजिस्ट डा. सुबोध ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा. प्रमेशसुन्दर श्रेष्ठ, डाक्टर बिपिन कार्कीलगायतको डाक्टर र नर्सहरुको टिम संलग्न थियो।

१० दिनको अस्पताल बसाईपछि डिस्चार्ज भएका अध्यक्ष थापा बुढानीलकण्ठ पासिकोटस्थित निवासमा रहने बर्तौलाले जानकारी दिए ।