८ बैशाख २०८१, शनिबार
Follow Us

टोटनह्याम हट्सपरसँग बर्नले स्तब्ध

नेपालब्रिटेन संवाददाता
११ कार्तिक २०७७, मंगलवार ०४:२३

लन्डन । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपरले बर्नलेलाई १ –० गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामको जितमा ह्यारी केन र सनहेङमिनको भूमिका महत्वपूर्ण रह्यो । केनको सहयोगमा सनले ७६ औँ मिनेटमा गरेको गोल नै टोटनह्यामको जितका लागि निर्णायक बन्यो ।

केन र सनहेङमिनले प्रिमियर लिगमा गोलका लागि गरेको यो २९ औँ साझेदारी हो । सनले यो सिजन लिगमा ८ गोल गरिसकेका छन् । जितपछि पाँचौँ स्थानको टोटनह्यामको ६ खेलबाट ११ अंक भएको छ ।

गएराति नै भएको अर्को खेलमा ब्राइटन र वेष्ट ब्रोमले १र१ को बराबरी खेली अंक बाँडेका छन् । ब्राइटनका लागि जाकी लिभिमोरले ४० औं मिनेटमा आत्मघाती गोल भयो भने वेस्ट ब्रमका लागि कारल्यान्ड ग्रान्टले ८३ औं मिनेटमा गोल फर्काएका थिए ।