७ बैशाख २०८१, शुक्रबार
Follow Us

दशैंको आज दोस्रो दिन: टीका थाप्ने क्रम जारी

नेपालब्रिटेन संवाददाता
११ कार्तिक २०७७, मंगलवार ०४:२६

काठमाडौं । विजयादशमीको शुभसाइत हिजो सोमबार नै सकिए पनि टीका लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ । दशैंको टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट टीका थापेर आशीर्वाद लिने क्रम जारी छ ।

कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्मै पनि टीका लगाउने चलन छ । कतिपय स्थानमा टीकाको मूल दिन मात्र टीका लगाउने गरिन्छ । आजको दिन पनि घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दुर्गालाई चढाई मान्यजनको हातबाट टीका, जमरा तथा आशीर्वाद लिने चलन पुरानै हो ।

हिन्दु तिथीको ११ औं दिनलाई एकादशी भन्ने गरिन्छ । यो दिन व्रत बस्ने, फलाहार मात्र सेवन गर्ने चलन छ । दुर्गा भवानीको अर्चना गरिएको नवरात्रपछि पर्ने यो एकादशीको नामअनुसार पाप गर्नेलाई नाश गर्ने एकादशीका रुपमा प्रख्यात छ ।