६ बैशाख २०८१, बिहीबार
Follow Us

५७० कोरोना संक्रमित थपिए, थप १४ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
११ कार्तिक २०७७, मंगलवार ११:५९

काठमाडौं । पछिल्लो २४ घन्टामा ५ सय ७० जना नयाँ संक्रमित थपिएका छन् भने ३ हजार १ सय ६१ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । २ हजार ७ सय २५ जनाको पीसीआर टेस्ट गर्दा २११ जना महिला र ३ सय ५९ जना पुरुष संक्रमित थपिएका हुन् ।

प्रदेश १ मा ३५, प्रदेश २ मा १५, बागमति प्रदेशमा २७३, गण्डकी प्रदेशमा ८० र लुम्बनी प्रदेशमा १६७ जना नयाँ संक्रमित फेला परेका हुन् ।
काठमाडौं उपत्यकामा २५३ नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा २२५, ललितपुरमा २३ जना र भक्तपुरमा ४ जना संक्रमित थपिएका हुन् ।

उपत्यका बाहिर सबभन्दा धेरै रुपन्देहीमा ७९, सुनसरीमा २८, पूर्वी नवलपरासी र दाङमा ५५–५५ जना नयाँ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घन्टामा थप १४ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या ८७६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।