८ बैशाख २०८१, शनिबार
Follow Us

राजनीतिक धुब्रिकरणले उपलब्धी गुम्ने खतरा : भट्टराई

नेपालब्रिटेन डट कम्
५ पुष २०७३, मंगलवार १२:५७

काठमाडौं । नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिका लागि सडक र सदन दुवैतर्फबाट दवाव बनाउनुपर्ने बताएका छन । नयाँ शक्ति निकट राष्ट्रिय यूवा अभियानले मंगलवार आयोजना गरेको अन्तक्रियामा भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आमजनताको चाहना भएको भन्दै दवाव बनाउन काँग्रेस नेताहरुसँग आग्रह गरे । संघीयता र शासकीय स्वरुप जोडेर संसोधन गर्नुपर्नेमा जोड दिदै उनले विवादित पूर्वकाञ तीन जिल्ला झापा, मोरङ, सुनसरी तथा पश्चिमका कैलाली र कंचनपुरका विषयमा पनि निर्णय लिनुपर्ने बताए ।
नेता भट्टराईले मुलुक राजनीतिक धु्रबिकरणमा अल्झिदा आन्दोलनका उपलब्धी गुम्ने खतरा बढदै गएको चेतावनी समेत दिए ।