१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेपालमा कोरोना संक्रमण जाडोमा थप जटिल बन्ने

नेपालब्रिटेन संवाददाता
११ कार्तिक २०७७, मंगलवार १२:०२

काठमाडौं । नेपाल कोरोना भाइरसका कारण खराब अवस्थामा रहेका मुलुकको ३४ औं मुलुक भएको छ । वल्डोमिटरका अनुसार संक्रमित संख्यामा आधारमा नेपालले कतार, पानामा, कुबेत, संयुक्त अरब इमिरेट्स लगायत मुलुकलाई पछि पारेको छ ।

असोज अन्तिम साता नेपाल ३८ औं नम्बरमा रहेको थियो । एक साता अघिसम्म चालिसौं स्थानमा रहेको नेपालमा संक्रमितको संख्या थपिदै गएपछि अहिले ३४ औं स्थानमा आएको हो ।

सबैभन्दा बढी संक्रमित रहेको शीर्ष स्थानमा अमेरिका छ । दोस्रो नम्बरमा भारत छ । तेस्रोमा ब्राजिल, चौथोमा रुस र पाँचौंमा फ्रान्स छ । नेपालमा सोमवारसम्म कुल एक लाख ५९ हजार ८ सय ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भदौ २४ गते यता प्रत्येक दिन एक हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । नेपालमा जाडोयामको आगमन र दशैँको अन्त्यसँगै स्थिति भयावह हुन सक्ने विज्ञहरुको चेतावनी दिएका छन् । आउदा केही दिनमा दैनिक आठ–दश हजारसम्म पनि सङ्क्रमित देखिन सक्ने विज्ञहरुको भनाइ छ ।