१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेकपाको केन्द्रीय समिति बैठक अनिश्चित

नेपालब्रिटेन संवाददाता
११ कार्तिक २०७७, मंगलवार १२:०५

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक अनिश्चित भएको छ । कात्तिक १५ गतेदेखि १७ गतेसम्म काठमाडौंमा केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेपनि कोरोना संक्रमतिको संख्या बढदै गएकाले बैठक हुने सम्भावना कम भएको हो ।

एक-दुई दिनमा सचिवालय बैठक बसेर वैठक स्थगित गर्ने या सार्ने सत्तारुढ नेकपाको तयारी छ । चार सय ४७ सदस्सीय केन्द्रीय समिति बैठक उपत्यकामा कोरोना संक्रमितको संख्या थपिरहेको समयमा गर्न कठिन हुने निस्कर्षमा नेकपा नेतृत्व पुगेको हो ।

केन्द्रीय समिति बैठकबाट नेकपाले महाधिवेशन सम्बन्धी कार्ययोजना पारित गर्ने तयारी गरेको छ । केन्द्रीय समिति अनिश्च्ति भएसँगै चैतमा तोकिएको महाधिवेशन पनि प्रभावित हुने भएको छ ।

पछिल्लो समय राजदूत नियुक्त र कर्णाली प्रदेश विवाद लगायतले अध्यक्ष एबं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालविच विवाद थप चुलिएपछि बैठक झनै अनिश्चित भएको नेकपाका नेताहरुले बताएका छन् ।