१३ बैशाख २०८१, बिहीबार
Follow Us

च्याम्पियन्स लिग : दुवै इग्लिस क्लबलाई सफलता

नेपालब्रिटेन संवाददाता
१२ कार्तिक २०७७, बुधबार ०४:५५

लन्डन । च्याम्पियन्स लिगअन्तर्गत गएराति सम्पन्न खेलमा दुवै इग्लिस क्लबले सतप्रतिशत नतिजा निकालेका छन् । म्यानचेस्टर सिटीले मार्सेल्लिलाई ३–० तथा लिभरपुलले मिडटेरील्यान्डलाई २–० ले पराजित गरेर सतप्रतिशत नतिजा निकालेका हुन् ।

यता, डिपेन्डिङ च्याम्पियन रियाल म्याड्रिड भने मोनचेनग्लाबिचसँग २–२ को बराबरीमा रोकियो । अर्को स्पेनिस क्लब एथलेटिकोमा म्याड्रिडले भने आरबी साल्जवर्गलाई ३–२ ले पराजित ग-यो । पोर्चुगलको पोट्रोले ओलम्पिकोसलाई २–० ले पराजित गर्दा नेदरल्यान्डको आयक्सले भने एटलान्टासँग २–२ को बराबरीमा चित्त बुझाउनु प-यो ।

समूह ‘सी’ को खेलमा इग्लिस क्लब सिटीका लागि फरान टोरेसले १८ औं मिनेट, इलकी गोन्डोनले ७६ र राहिम स्टेलिङले ८१ औं मिनेटमा गोल गरेका थिए । दुई खेलको समाप्तिमा सिटीले ४ अंक बटुलेको छ भने उसले अब अन्तिम खेल पोर्चुगली क्लब पोट्रोसँग भिड्ने छ ।

यस्तै अर्को इग्लिस क्लब लिभरपुलका लागि डिगो जोटाले ५५ औं र मोहम्मद सालेहलले अतिरक्ति समयमा प्राप्त पेनाल्टीको सदुपयोग गरेका हुन् । दुई खेलको समाप्तिमा ६ अंकसहित समूहको शीर्ष स्थानमा रहेको लिभरपुलका लागि अघिल्लोचरण थप सहज हुनेछ ।

समूह ‘बी’ अन्तर्गत रियाल म्याड्रिडका लागि करिम बेन्जामिनले ८७ औं मिनेट र केजिमेरोले ९३ औं मिनेटको अतिरिक्त समयमा गोल गरेर खेललाई पराजयबाट टिमलाई जोगाएका थिए । मन्चेनलाबिचका लागि ३३ र ५८ औं मिनेटमा मार्कोस थुरामले गोल गरेका थिए ।

दुई खेलको समाप्तिमा रियालको जम्मा १ अंक छ । अब उसले इटालिन क्लब इन्टरमिलानसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । समूह ‘बी’ को शीर्ष स्थानमा युक्रेनको साकातार डोनेस्टक ४ अंकसहित शीर्ष स्थानमा छ । रियाललाई अघिल्लो चरण प्रवेशका लागि कठिन हुनेछ ।