१३ बैशाख २०८१, बिहीबार
Follow Us

बार्सिलोनासँग युभेन्टस पराजित

नेपालब्रिटेन संवाददाता
१३ कार्तिक २०७७, बिहीबार ०५:५३

लन्डन । च्याम्पियन्स लिगअन्तर्गत बिहीबार विहान सम्पन्न खेलहरुमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्टसलाई २–० ले पराजित ग¥यो । बार्सिलोनाका लागि ओस्माने डेम्बेलेले खेलको १४ औं मिनेट र अतिरिक्त समयमा प्राप्त पेनाल्टीमा लियोन मेस्सीले गोल गरेका थिए । युभेन्टसका मिरथ डिमिरालले ८५ औं मिनेटमा रातो कार्ड पाएका थिए । समूह ‘जी’ बाट दुवै खेल जितेर बार्सिलोना शीर्ष स्थानमा छ ।

बुधबार राति सम्पन्न खेलमा इग्लिस क्लब चेल्सी र म्यानचेस्टर युनाइटेडले प्रभावशाली जीत निकालेका छन् । चेल्सीले एफके क्रास्नोडरलाई ४–० ले पराजित ग-यो भने अर्को इग्लिस क्लब म्यानचेस्टर युनाइटेडले आरबी लिपजिङविरुद्ध ५–० को जीत दर्ता गरायो । गत सिजनको उपविजेता फ्रेन्च क्लब पिएसजीले स्तनबुल बासाकसियरलाई २–० ले पराजित ग-यो ।

यस्तै समूह ‘जी’ अर्को खेलमा फेरिनक्याभारोस र डायनामो किभले २–२ को बराबरी खेलेका थिए । यस्तै क्लब वर्ग र लाजियोले पनि १–१ को बराबरी खेलेका थिए । इग्लिस क्लब म्यानचेस्टर युनाइटेडले आरबी लिपजिङलाई ५–० गोल अन्तरले पराजित ग-यो । समूह ‘एच’ मा रहेको युनाइटेडले दुवै खेल जितेको छ ।

खेलमा मार्कोस रासफोर्डले ह्याट्रिक पूरा गरेका थिए । उनले खेलको ७४, ७८ र अतिरिक्त समयमा गोल गरेर ह्याट्रिक पूरा गरेका थिए । त्यसअघि म्यानसुन ग्रीनउडले २१ औं र एन्थोनी मार्टिएलले पेनाल्टीमार्फत् ८७ औं मिनेटमा गोल गरेका थिए ।

यता जेनिटलाई २–० ले पराजित गरेर अघिल्लो चरणमा प्रवेशको आशा जगाएको छ भने स्पेनिस क्लब सेल्भियाले रेनुसलाई १–० ले स्तब्ध पारेको छ ।