११ बैशाख २०८१, मंगलवार
Follow Us

जनजाति महासंघको अध्यक्षमा जगत बराम विजयी

नेपालब्रिटेन डट कम्
६ पुष २०७३, बुधबार ०४:२६

चितवन । चितवनको नारायणगढमा भएको नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा जगत बराम निर्वाचित भएका छन् । मंगलबार राति भएको निर्वाचनमा कुल ३१ मतका साथ बराम अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका प्रत्यासी सूर्य भुजेलले २३ मत प्राप्त गरे । अध्यक्षमा विजयी बराम नेपाली काँग्रेस निकट मानिन्छन् । उनलाई माओवादी, संघीय समाजवादी फोरमलगायतका निकट जनजातिहरुको समर्थन रहेको थियो । भुजेल भने एमाले निकटका मानिन्छन् ।

यस्तै उपाध्यक्षमा खुल्ला तर्फ किरण सुनुवार (३३), गणेशलाल थकाली (२६),गोविन्द छन्त्याल (२८), नविन रोका मगर (२६), लोकबहादुर दुरा (२७), श्यामप्रसाद मण्डल (२३), सोनाम लामा वालुङ (२४) र महिला उपाध्यक्षमा कृष्णकुमारी शेरचन (३६) मतका साथ विजयी हुनुभएको छ । महिलासहित ८ उपाध्यक्षका लागि १६ जनाको उम्मेदवारी परेको थियो ।

यसैगरि महासंघमा महासचिवमा नित्यानन्द ताजपुरिया (३७) मतका साथ विजयी भएका छन् । उनका निकटम प्रतिद्धन्द्धी टासी ह्याल्मो (१५) मत मात्रै ल्याए ।
यसैगरि पाँच जना सचिवमा आङ पासाङ शेर्पा (३२), गोपाल माझी (२६), दानसिंह राउटे (२२), राजकुमार बोटे (२०), सुखवीर थानी (२१) मत ल्याई विजयी भए । सचिव पदमा ९ जनाको उम्मेदवारी परेको थियो ।

महिला सचिवहरुमा लाक्पा हिले शेर्पा (३०), शान्तिदेवी धिमाल (३५), सकुमती राजवंशी (३३), श्रतिमाया कुमाल (३९) मत प्राप्त गरि विजयी भए ।

त्यसैगरि कोषाध्यक्षमा मुकुन्द बहादुर पहारी (३८) मतका साथ विजयी भए । उनका निकटम प्रतिद्धन्द्ध प्रेमीलाल प्रसाद चौधरी (१५) मत मात्रै प्राप्त गरे । निर्वाचनमा कुल ५६ मध्ये ५४ मत मात्रै खसेको थियो । निर्वाचित कार्यसमितिलाई बुधबार विहानै सपथ ग्रहण गराईएको छ ।