७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपालमा कोरोना भाइरसका कारण थप १७ जनाको मृत्यु, २,३६४ जनालाई सङ्क्रमण

नेपालब्रिटेन डट कम्
१३ कार्तिक २०७७, बिहीबार १०:५२

लण्डन । नेपालमा विगत २४ घण्टामा २,३६४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

उक्त अवधिमा कोभिड-१९ कारण १७ जनाले ज्यान गुमाएको तथ्याङ्क मन्त्रालयले बिहीवार सार्वजनिक विवरणमा जनाइएको हो।

नेपालमा कोरोनाभाइरसको जोखिमबारे विज्ञ भन्छन्, दशैँपछि ‘चुनौतीपूर्ण’, सरकार र नागरिकले के गर्ने दक्षिण एशियामा कोरोनाभाइरस सङ्क्रमण घटिरहँदा नेपालमा किन तीव्र गतिमा बढिरहेछ यो सँगै नेपालमा कोभिड-१९ का कारण मृत्यु हुनेको कुल सङ्ख्या ९०४ पुगेको छ।

बुधवार ८,२४८ वटा पीसीआर परीक्षण हुँदा १,९५४ सङ्क्रमित थपिएका थिए। नेपालमा कुल १ लाख ६४ हजार ७१८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।