१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतका लागि नेपाली राजदूत डा. सुवेदी अन्तर्राष्ट्रिय कफी संगठनको उच्च पदमा निर्वाचित

नेपालब्रिटेन डट कम्
१३ कार्तिक २०७७, बिहीबार १७:४१

लण्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी अन्तर्राष्ट्रिय कफी संगठनको एक उच्च पदमा निर्वाचित भएका छन् ।

डा. सुवेदी सो संगठन अन्तरर्गतको प्रोजेक्ट समितिको उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

गत सेप्टेम्बरमा सम्पन्न १२७ औं अन्तर्राष्ट्रिय कफी परिषद्को बैठकले अन्तर्राष्ट्रिय कफी संगठनका लागि नेपालका स्थायी प्रतिनिधि डा. सुवेदीलाई संगठनको प्रोजेक्ट समिति उपाध्यक्षमा निर्वाचित गरेको हो ।

त्यसैगरी राजदूत सुवेदी उक्त संगठनको अन्तर्राष्ट्रिय परामर्श समितिको उपाध्यक्षमा समेत निर्वाचित भएको राजदूतावासले बिहीवार जनाएको छ ।

नेपालले सन्‌ २०१७ मा अन्तर्राष्ट्रिय कफी संगठनको पूर्ण सदस्यता हासिल गरेको हो। राजदूत डा. सुवेदी सन्‌ २०१७- १८ मा उक्त संगठनको बजार प्रवर्द्धन समितिको उपाध्यक्ष, सन्‌ २०१८-२०१९ मा उक्त समितिको अध्यक्ष र सन्‌ २०१९-२०२० मा तथ्याङ्क समितिको अध्यक्षका रूपमा विगत चार वर्षदेखि कार्यकारी नेतृत्वमा छन्।