८ बैशाख २०८१, शनिबार
Follow Us

कांग्रेस सभापति देउवाले बोलाए शीर्ष नेताहरुको बैठक

नेपालब्रिटेन संवाददाता
१४ कार्तिक २०७७, शुक्रबार १०:५६

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुलाई छलफलका लागि आमन्त्रण गरेका छन् । कांग्रेस केन्द्रीय समितिको बैठक अगाडि सभापति देउवाले सोमबारका लागि पार्टी पदाधिकारी, पूर्वपदाधिकारीलाई छलफलका लागि आमन्त्रण गरेका हुन् । नेपाली कांग्रेसले कार्तीक २१ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ ।

कार्यसमिति बैठक अघि पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी लगायतसँग छलफल गर्नका लागि सोमबार शीर्ष नेताहरुको बैठक बोलाएको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अघि सारेको मागबारे छलफल गर्न १७ असोजमा शीर्ष नेताहरुको बैठक बसेको थियो । यो छलफललाई १७ असोजको बैठकको निरन्तरता मानिएको छ । केही केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि शीर्ष नेताहरुको छलफल र केन्द्रीय कार्यसमिति बैठक दुवै प्रभावित भएको थियो ।