१४ बैशाख २०८१, शुक्रबार
Follow Us

टर्कीमा ७ म्याग्‍निच्युडको शक्तिशाली भूकम्प , १ सय २० जनाको ज्यान गयो, विवरण आउन बाँकी

नेपालब्रिटेन डट कम्
१४ कार्तिक २०७७, शुक्रबार १५:१०

लण्डन । टर्कीमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार शुक्रबार टर्कीको पश्चिमी क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । जसले गर्दा केही भौतिक भत्किएको देखिएको छ भने सयौंको संख्यामा मानिसहरुको मृत्यु भएको स्थानीय मिडियाले जनाएका छन् ।

ग्रिससँग जोडिएको टर्कीको सीमाक्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको बताइएको छ । जसले गर्दा ग्रीसको नियोन सहरमा क्षति पुगेको छ ।
टर्कीको सरकारी विभागले भने ६ दशमलब ६ म्याग्निच्युडको भूकम्प गएको बताएका छन् । साथै भूकम्प १६ दशमलब ५ किलोमिटर गहिराइमा थियो ।