८ बैशाख २०८१, शनिबार
Follow Us

टर्कीमा रहेका नेपाली भूकम्पबाट सुरक्षित

नेपालब्रिटेन डट कम्
१४ कार्तिक २०७७, शुक्रबार १५:३१


केन्द्र बिन्दु रहेको क्षेत्रमा केही नेपाली रहेको अनुमान

लण्डन । टर्कीमा आज गएको भूकम्पबाट त्यहाँ रहेका नेपालीहरु सुरक्षित रहेका छन् । गैरआवासीय नेपाली संघ टर्कीका अध्यक्ष उज्जल कुमार घिसिङ्गका अनुसार नेपालीहरुको कम बसोवास भएको क्षेत्रमा भूकम्प गएको कारणले नेपालीहरु सुरक्षित रहेका हुन् ।

घिसिङ्गले प्रारम्भिक जानकारी अनुसार त्यहाँ रहेका सबै नेपाली सुरक्षित रहेको जानकारी नेपालब्रिटेन डट कमलाई दिए ।

अहिले हामी भूकम्पको क्षतिको बिस्तृत विवरण संकलन गर्दैछौ, नेपाली समुदाय छरिएर रहेको छ । एनआरएनएलाई प्राप्त सूचना अनुसार अहिले सम्म नेपाली समुदाय पूर्ण रुपमा सुरक्षि छ घिसिङ्गले जनाए ।

टर्कीमा करिब दुई हजार नेपाली रहेको अनुमान छ ।

भूकम्पको केन्द्र बिन्दु रहेको इजमिर क्षेत्रमा केही नेपालीहरुले रहेको अनुमान गरिएको छ ।

टर्कीमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार शुक्रबार टर्कीको पश्चिमी क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।

जसले गर्दा केही भौतिक भत्किएको देखिएको छ भने सयौंको संख्यामा मानिसहरुको मृत्यु भएको स्थानीय मिडियाले जनाएका छन ।

ग्रिससँग जोडिएको टर्कीको सीमाक्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको बताइएको छ । जसले गर्दा ग्रीसको नियोन सहरमा क्षति पुगेको छ ।

टर्कीको सरकारी विभागले भने ६ दशमलब ६ म्याग्निच्युडको भूकम्प गएको बताएका छन् । साथै भूकम्प १६ दशमलब ५ किलोमिटर गहिराइमा थियो ।