१४ बैशाख २०८१, शुक्रबार
Follow Us

दुई हप्ताभित्र क्लिन फिड पूर्णरुपमा कार्यान्वयनमा आउने

नेपालब्रिटेन संवाददाता
१५ कार्तिक २०७७, शनिबार ०५:५९

काठमाडौं । बढीमा दुई हप्ताभित्र नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन प्रसारण पूर्णरूपमा विज्ञापनरहित ‘क्लिन फिड’ कार्यान्वयनमा आउने भएको छ । क्लिन फिड लागू गर्न आवश्यक उपकरण जडान नहुँदा बन्द रहेको कतिपय विदेशी च्यानल बढीमा पन्ध्र दिनभित्र उपलब्ध गराउने तयारी टेलिभिजन वितरकहरुले गरेका छन् ।

कात्तिक सात गतेदेखि नेपालमा विदेशी टेलिभिजन च्यानलहरू विज्ञापनरहित हुनुपर्ने व्यवस्था गरेकोमा त्यसको कार्यान्वयन गर्न नसकेका कतिपय च्यानलको प्रसारण अहिले बन्द छ  ।

उपकरण आयातको अनुमति र त्यसको जडानमा भएको ढिलाइका कारण कतिपय च्यानलमा पूर्ण रूपमा क्लिन फिड लागू हुन नसकेको नेपाल केबल टेलिभिजन व्यवसायी महासंघले जनाएको छ । नेपालमा डाउनलिंक अनुमति लिएर प्रसारण गर्न पाइने केही सशुल्क च्यानल उपकरण जडानको क्रममा रहेका हुन् ।

अहिले सोनी ग्रुप, जी नेटवर्क, इन्डिया कास्ट अन्तर्गतका प्रमुख टेलिभिजन च्यानलमा क्लिन फिड कार्यान्वयनमा आइसकेको छ । डिस्कभरी, स्टार र बीबीसी लगायत केही च्यानल क्लिन फिडका लागि आवश्यक उपकरण जडानको क्रममा छन् ।