१४ बैशाख २०८१, शुक्रबार
Follow Us

रोनाल्डो संक्रमणबाट मुक्त

नेपालब्रिटेन संवाददाता
१५ कार्तिक २०७७, शनिबार ०६:००

मिलान । पोर्चुगल तथा युभेन्टसका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । अक्टोबर १३ मा संक्रमण पुष्टि भएका उनी १८ दिनपछि संक्रमण मुक्त भएका हुन् ।

नेसन्स लिग अन्तर्गत स्विडेनसँगको खेल अघि रोनाल्डोलाई कोरोना देखिएको थियो । ३५ वर्षका रोनाल्डोको पछिल्लोपटक मंगलबार गरिएको परीक्षण पोजेटिभ आएको थियो । सोही कारण उनले च्याम्पियन्स लिगमा बार्सिलोनासँगको खेल गुमाएका थिए ।

सो खेलमा युभेन्टस दुई शुन्यले पराजित भएको थियो । उनले संक्रमणका कारण सिरी एका दुई र इटालियन च्याम्पियनका दुई युरोपियन खेल गुमाएका थिए ।