१२ बैशाख २०८१, बुधबार
Follow Us

सगरमाथाको नयाँ उचाइ कति ?

नेपालब्रिटेन संवाददाता
१५ कार्तिक २०७७, शनिबार ०६:०५

काठमाडौं । सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइको घोषणा छिट्टै नै गर्ने भएको छ। सगरमाथाको उचाइ मापनको काम सम्पन्न भई घोषणाको तयारी भइरहेको भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयले जनाएको छ।

सगरमाथाको उचाइ मापनको क्रममा लेबलिङ, ग्रेभिटी, सगरमाथाको शिखरको जीपीएस अबजर्भेसन, तथ्याङ्कहरूको प्रोसेसिङ गर्ने तथा त्रुटिहरूलाई हटाउने काम भैसकेका छन् । एक महिनाभित्रमा नै सगरमाथाको उचाइ घोषणा गर्ने गरी तयारी भइरहेको नापी विभागले जनाएको छ ।

मित्र राष्ट्र चीनसँग जोडिएको विषय भएकाले परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक माध्यमबाट गरिने कामहरू अहिले भैरहेको छ । गत वर्ष चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा संयुक्त रूपमा सगरमाथाको उचाइ घोषणा गर्ने दुई मुलुकबीच सहमति भएको थियो ।

अहिलेसम्म सगरमाथाको उचाइ ८ हजा ८ सय ४८ मिटर हो । २०७२ सालमा गएको भूकम्प लगायत अन्य कारणले समेत उचाइमा केही कमबेसी हुन सक्ने भएकाले सगरमाथाको पुनः मापन शुरु गरिएको हो।