७ बैशाख २०८१, शुक्रबार
Follow Us

२५०८ नयाँ संक्रमित थपिए, १७ जनाको निधन

नेपालब्रिटेन संवाददाता
१५ कार्तिक २०७७, शनिबार ११:२४

काठमाडौं । विगत २४ घन्टामा २ हजार ५ सय ८ जना नयाँ संक्रमित थपिएका छन् भने शनिबार १७ जनाको निधन भएको छ । ९ हजार २ सय ७९ जनाको पीसीआर टेस्ट गर्दा ९ सय ७६ जना महिला र १ हजार ५ सय ३२ जना पुरुष संक्रमित थपिएका हुन् । शनिबार २ हजार २ सय ६४ जना संक्रमणमुक्त भएर घर फर्किको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

शनिबार संक्रमणबाट १७ जनाको ज्यान गएको छ । नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ३७ पुगेको छ ।

उपत्यकामा १ हजार ३ सय ६३ नयाँ संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौं उपत्यकामा १ हजार १ सय १९, ललितपुरमा १ सय ९५ र भक्तपुरमा ४९ जना संक्रमित थपिएका छन् ।

उपत्यकाबाहेक प्रदेश १ मा ३ सय १९, प्रदेश २ मा ११२, बागमति प्रदेशमा १ हजार ६ सय ३९, गण्डकी प्रदेशमा १ सय ८१, लम्बिनीमा २ सय ७, कर्णाली प्रदेशमा १५ र सुदूरपश्चिममा ३५ जना नयाँ संक्रमित थपिएका छन् ।

काठमाडौंबाहेक धेरै संक्रमित भएका जिल्ला मोरङ (१३८), चितवन (१०९), कास्की (१०९) र रुपन्देही (७५) जना नयाँ संक्रमित थपिएका छन् ।