६ बैशाख २०८१, बिहीबार
Follow Us

इंग्ल्याण्डमा दोस्रो लकडाउनः के के खुल्ला रहन्छन् ?

नेपालब्रिटेन डट कम्
१५ कार्तिक २०७७, शनिबार २३:४१

लन्डन । कोरोना भाइरस तीव्र रुपमा संक्रमण भए पछि वेलायत सरकारले नयाँ राष्ट्रव्यापी लकडाउनको घोषणा गरेका छ ।

बेलायत प्रधानमन्त्री बोरिस जोन्सनले शनिवार एक पत्रकार सम्मेलन मार्फत चार हप्ता लामो देशव्यापी लकडाउनको घोषणा गरेका हुन् ।

प्रधानमन्त्री बोरिस जोन्सनले गरेको नयाँ घोषणा अनुसार स्कुल, कलेज र विश्वविद्यालयहरु भने खुलै रहने छन् ।

रेस्टुरेन्ट र पबहरु बन्द हुने छन् तर टेक अवेहरु रेष्टुरेन्टहरु भने खुलै रहने छन्। । अति आवश्यक बाहेका अन्य पसलहरु बन्द रहने छन् ।

अगामी विहीवारबाट लागु हुने लकडाउनमा इंल्याण्डका सुपर मार्केटहरु पनि खुलै रहने बताएको छ। पारिवारीक भेटघाट पूर्ण रुपमा बन्जेद गरिएको छ।

होलिडेहरुमा पूर्णरुमा रोक लगाएको छ तर कामको सिलसिलामा भने विदेश यात्रा गर्न सकिने नयाँ घोषणामा उल्लेख गरिएको छ।

लकडाउन आगामी डिसेम्बर २ तारिखसम्म इङ्गल्याण्ड भरि लागु हुने छ।

प्रधानमन्त्री जोन्सनले आगामी क्रिस्मससम्ममा कोरोना भाइरस नियन्त्रण लिन सकिने आशा व्यक्त गर्दै क्रिस्मसको समयमा परिवारिक जमघट हुनसक्ने बातावारण बनाउन यो लकडाउनले सहयोग गर्ने आशा व्यक्त गरेका छन् ।

बेलायतमा हाल सम्म दस लाख ११ हजार भन्दा बढी मानिसहरुलाई कोरोना संक्रमण भएकोमा ४६ हजार ५ सय ५५ भन्दा बढीको ज्यान गइसकेको छ। हाल १ लाख ६९ हजार कोरोना संक्रमितहरु वेलायतको अस्पतालमा भर्ना भएका छन् । कोरोनाले दैनिक ३ सय भन्दा बढीको ज्यान लिएको छ ।