१४ बैशाख २०८१, शुक्रबार
Follow Us

लिभरपुल, चेल्सी र म्यान्चेस्टर सिटी विजयी

नेपालब्रिटेन संवाददाता
१६ कार्तिक २०७७, आईतवार ०६:१९

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति अंक तालिकाको शीर्ष स्थानमा रहेका क्लबहरु लिरभपुल, चेल्सी र म्यान्चेस्टर सिटी विजयी भएका छन् । बर्न्लेविरुद्ध चेल्सीको सजिलो जीत थियो भने वेस्टह्यामविरुद्ध लिभरपुल तथा सेफिल्ड युनाइटेडविरुद्ध सिटीले संघर्षपूर्ण खेलमा नतिजा आफ्नो पक्षमा पारेका हुन् ।

लिभरपुलले वेष्ट ह्याम युनाईटेडलाई २–१ ले हरायो । वेष्ट ह्यामका पाब्लो फोर्नाल्सले पहिलो गोल गरेको खेलमा लिभरपुललाई जिताउन मोहोमद सालाह र डिएगो योटाले १–१ गोल गरे ।

यस्तै चेल्सीले बर्न्लेमाथि ३–० को जित निकाल्यो । चेल्सीका लागि हकिम जियक, कर्ट जुमा र टिमो वेर्नरले एक एक गोल गरे । म्यान्चेस्टर सिटीले सेफिल्ड युनाईटेडलाई १–० ले पराजित गर्‍यो । सिटीका लागि कायल वाल्करले निर्णायक गोल गरे ।

प्रिमियर लिग फुटबलको अंक तालिकामा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । ७ खेलबाट उसको १६ अंक भएको छ । एक खेल कम खेलेको एभर्टन १३ अंकसहित दोस्रो स्थानमा रहेको छ ।