१२ बैशाख २०८१, बुधबार
Follow Us

आर्सनलसँग म्यानचेस्टर युनाइनेटड पराजित

नेपालब्रिटेन संवाददाता
१७ कार्तिक २०७७, सोमबार ०५:५८

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले म्यान्चेस्टर युनाईटेडलाई १–० ले पराजित ग-र्यो । गएराति म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन पिएरे एमरिक औबामायङ्गले पेनाल्टीमार्फत निर्णायक गोल गरे ।

यस्तै अर्को खेलमा टोटनह्याम हट्सपरले ब्राइटनलाई २–१ ले पराजित गर्‍यो । टोटनह्यामका लागि ह्यारी केन र ग्यारेथ बेलले एक एक गोल गर्दा ब्राइटनका तारिक लाम्पटेले एक गोल फर्काए ।

गएराति भएका अन्य खेलहरुमा साउथह्याम्प्टनले एस्टन भिल्लालाई ४–३ ले पराजित गर्दा न्युकासल युनाइटेडले एभर्टनमाथि २–१ को जित निकालेको छ । प्रिमियर लिग फुटबलमा आज राति दुई खेल हुने छन् । आज फुल्हमले वेष्ट ब्रोमसँग खेल्दा लिड्स युनाइटेड र लेष्टर सिटी भिड्ने छन् ।