१६ चैत्र २०८०, शुक्रबार
Follow Us

गायक कमल खत्रीको ‘याद’

नेपालब्रिटेन संवाददाता
१७ कार्तिक २०७७, सोमबार ०६:०२

काठमाडौं । गायक कमल खत्रीको स्वरमा रहेको ‘याद’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा शब्द युवा गीतकार सुदीप लम्सालको रहेको छ भने संगीत स्वयम् गायक कमल खत्रीको रहेको छ। यस गीतलाई रिकेश गुरुङ किजले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा गीतकार सुदीप लम्साल र समिक्षा पोखरेलको मर्मस्पर्शी अभिनय देख्न सकिन्छ। पवन सुस्लिङले छायांकन र सम्पादन गरेको यस भिडियोलाई गीतकार लम्सालले नै निर्देशन गरेका हुन्। रचना लम्साल र पारस पोखरेलको लगानीमा भिडियो निर्माण गरिएको हो। आस्था मिडियाको युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।