१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायती जुनियर चिकित्सकद्वारा सरकारको करार प्रस्ताव अस्वीकार

नेपालब्रिटेन डट कम्
२२ असार २०७३, बुधबार ११:१७

लन्डन । इङ्गल्यान्डका जुनियर चिकित्सकहरुद्वारा सरकारले स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधान गर्ने उद्देश्यका साथ प्रस्ताव गरेको करार योजना अस्वीकारको पक्षमा मतदान गरेका छन् । जुनियर चिकित्सकबीच गरिएको मतदान प्रक्रियामा करिब ५८ प्रतिशतले सरकारद्वारा प्रस्तावित करारको विपक्षमा मतदान गरेको मङ्गलबार सार्वजनिक मत परिणामले बताएको छ ।
सरकारद्वारा प्रस्तावित यस सम्झौता योजनालाई ब्रिटिस मेडिकल एसोसिएसनले समर्थन जनाए पनि बहुमत जुनियर चिकित्सकले प्रस्तावको विरुद्धमा मतदान गरेका छन् ।
दश वर्षसम्मको अनुभव भएका चिकित्सकले यस योजनाको विरुद्धमा यस वर्ष धेरै पटक आन्दोलन तथा हडताल गरेका छन् । बेलायत सरकारले ल्याएको शुल्क र कार्य अवस्थाको विवादलाई लिएर बेलायतका हजारौँ कनिष्ठ चिकित्सक बेलायत सरकारले राष्ट्रिय स्वास्थ्य सेवालाई अझै बढी लचिलो बनाउँदै साप्ताहिक बिदाको समयमा पनि सेवा दिनेगरी सुधारको कार्यक्रम प्रस्ताव गरेको छ ।