November 28, 2020
11:07 PM | 4:52 AM

लेष्टर सिटी र फुल्हम विजयी

  03/11/2020 मा प्रकाशित

लन्डन । इङ्गलिस प्रिमियर लिग फुटबलमा गएराति लेष्टर सिटी र फुल्हम विजयी भएका छन् । अंक तालिकाको दोस्रो स्थानमा उक्लिनेक्रममा लेष्टरले लिड्स युनाइटेडलाई उसैको मैदानमा ४–१ ले पराजित ग¥यो ।

लेष्टरको जितमा युरी टिलेमन्सले दुई गोल गर्दा हार्भे बार्न्स र जेमी भार्डीले एक एक गोल गरे । पराजित टोली लिड्सका स्टुवार्ट डालसले एक गोल फर्काए ।

प्रिमियर लिगकै अर्को खेलमा फुल्हमाले वेष्ट ब्रोमलाई २–० ले पराजित ग¥यो । यसै सिजनमा प्रिमियर डिभिजनमा फर्किएको फुल्हमका लागि जारी लिगमा यो पहिलो जित हो । यसअघिका ६ खेलमा फुल्हमले एक बराबरी तथा ५ हार वेहोरेको थियो ।

प्रतिक्रिया