November 24, 2020
1:37 AM | 7:22 AM

कडेलको ‘उड्यो रे मेरो मन’ सार्वजनिक

  03/11/2020 मा प्रकाशित

काठमाडौं । गायक निराजन कडेल र गायिका प्रविशा अधिकारीको युगल स्वरमा रहेको गीत ‘उड्यो रे मेरो मन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रेमिल शैलीको यस गीतमा शब्द र संगीत प्रमोद कोइरालाको रहेको छ। यस गीतलाई शैलेन्द्र एम प्रधान ( वावु ) ले संगीत संयोजन गरेका हुन्।

कालिनचोकमा छायांकन गरिएको म्युजिक भिडियोमा सागर थापा ( धुर्व ) र रोशनी कार्कीको प्रेम र रोमान्स देख्न सकिन्छ। यस भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन्। अनिल के मानन्धरको छायांकन र निर्देशनमा भिडियो तयार पारिएको हो। गायक कडेलको अफिसिएल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

विगत लामो समयदेखि निरन्तर आफ्नो संगीत यात्रा अघि बढाइरहेका गायक कडेलले यसअघि ६ बढी म्युजिक भिडियो र ‘परिक्षा’ नामक एल्वम सार्वजनिक गरिसकेकाछन्।

प्रतिक्रिया